२० बैशाख २०८१, बिहिबार

आरजु राईस मिलको लङ ग्रेन र जिरा मसिनो चामल बजारमा, भारतीय धान प्रयोग नगर्ने

प्रकाशित मिति :  11 May, 2023 6:15 pm


काठमाडौँ । आरजु राईस मिलले स्वदेशी उत्पादन पर्वद्धन गर्दै नेपालका उत्पादित धानको जिरा मसिनो र लङ ग्रेन चामल बजारमा ल्याएको छ ।

नेपालमा उत्पादन हुने धानको मात्रै कारोबार गर्ने उदेश्यले तीन वर्षअघि निर्माण कार्य सुरु गरेको आरजु राईस मिलले तत्कालका लागि जिरा मसिनो र लङ ग्रेन चामल प्रचलित मुल्यभन्दा सस्तो मुल्यमा दुइ उत्पादन बजारमा ल्याएको मिलका कार्यकारी अध्यक्षको वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

‘नेपालमा उत्पादन हुने उत्कृष्ट लामो रामधान लाई प्रशोधन, विभिन्न चरणको परिक्षण पश्चात् लङ ग्रेन र जिरा मसिनो चामल ल्याएका छौं,’ बस्नेतले भने, ‘बजारमा रहेको विभिन्न लङग्रेन चामलको दाँजोमा कनिकारहित स्वादिलो रहेको शुरुवाती प्रतिक्रिया पाएका छौं ।’

नेपालकै पर्वद्धन उत्पादन यान्त्रिकरण, उन्नत जातको बीउबिजन, कृषि परामर्श तथा किसानहरुलाई सहकारी माध्यमबाट सहजीकरण गर्दै आएका बस्नेतले बताए । किसानका धानलाई न्यूनतम समर्थन मूल्य तोकि धान प्राप्त भएको दुई दिनभित्रै खातामा रकम हस्तान्तरण गर्ने गरेको उनको भनाइ छ ।

मिलले किसानले धान लगाउनु पूर्व नै धानको मूल्य तोकिदिने गरेकाे उनले बताए । उनका अनुसार चैते धानको मूल्य प्रतिमन नौ सय छ भने असारे धानको मूल्य प्रतिमन १२ सय छ। 

आरजु लङ्गग्रेन चामल प्रति के.जी. रु. १३० मा काठमाडौं बजारमा उपलब्ध छ भने पेप्सीकोलास्थित आरजु राईुस मिलको स्टोरमा ११० रुपैँया प्रतिकिलोमा उपलब्ध हुने बस्नेतले जानकारी दिए ।

मिलले नजिकका पालिकामा कृषि प्राविधिक उपकरण उपलब्धताका लागि कम्बाईन हार्भेष्टरबाट धान दाउनी र मिलसम्म धानको ढुवानीमा किसानसँग सहकार्य गर्दै आएकाे छ।

मिलले वार्षिक २२ हजार टन धान प्रशाेधन गर्ने क्षमता रहेको छ। 



प्रतिक्रिया दिनुहोस !