२५ बैशाख २०८१, मंगलबार

स्याङ्जामा जनप्रतिनीधिहरुबीच कुटाकुट, वडा अध्यक्षको हात भाँचियो

प्रकाशित मिति :  16 April, 2020 4:42 pm


स्याङ्जा, ४ वैशाख ।

स्याङ्जाको वालिङ नगरपालिकामा जनप्रतिनीधिहरुबीच कुटाकुट हुँदा वडाअध्यक्ष हात भाँचिएको छ ।

वालिङ नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष अनन्तराज गैह्रे र जिल्ला समन्वयका समितिका उपप्रमुख दिलिप बगालेबीच कुटाकुट भएको हो ।

कुटाकुटमा वडाअध्यक्ष गैरेको हात भाँचिएको छ ।

उनलाई उपचारका लागि पोखरा लगिएको छ । वडा अध्यक्ष गैरेले आफूमाथी कुटपिट भएको भन्दै वडा प्रहरी कार्यालय वालिङमा उजुरी दर्ता गराएका छन् ।

गैरेले राहत वितरणमा गएको बेला आफूमाथी कुटपिट भएको बताएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !