२० बैशाख २०८१, बिहिबार

यौन दुर्व्यवहारको आरोपमा कृषि विज्ञ मदन राई पक्राउ

प्रकाशित मिति :  12 May, 2023 2:11 pm


काठमाडौँ । बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ परेका छन् ।

खोटाङ प्रहरीले शुक्रबार दिउँसो करिब १२ बजेको समयमा राईलाई उनकै शुभम् फाउन्डेसनबाट पक्राउ गरेको हो ।

राईमाथि शुभम फाउन्डेसनले सञ्चालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

शुभम् फाउन्डेसन अन्तर्गत खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको जनजागृति माध्यामिक विद्यालयले ‘गर्दै, सिक्दै’ कार्यक्रम लागू गरेर फिल्डमै सिकाउने गरेको छ ।

त्यसबारे सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र सोधपुछ चलिरहेको इन्सपेक्टर वेनुकुमार कार्कीले जानकारी दिए ।

शुभम् फाउन्डेसन अन्तर्गत खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको जनजागृति माध्यामिक विद्यालयले ‘गर्दै, सिक्दै’ कार्यक्रम लागू गरेको छ ।



प्रतिक्रिया दिनुहोस !