गण्डकी प्रदेशका नवनियुक्त चार मन्त्रीले लिए सपथ
प्रकाशित मिति : 12 May, 2023 5:11 pm
काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले सपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख निवासमा नवनियुक्त चार मन्त्रीले सपथ लिएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान ४ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान कांग्रेसबाट महेन्द्रध्वज जिसीलाई कृषि मन्त्रि, दीपेन्द्रबहादुर थापालाई उद्योग तथा पर्यटनमन्त्री र जीतप्रकाश आलेलाई अर्थमन्त्रीमा नियुक्त गरेका थिए ।
यस्तै मुख्यमन्त्री पाण्डेले माओवादीबाट रेशमबहादुर जुग्जालीलाई भौतिक मन्त्रीमा नियुक्त गरेका थिए । उनीहरूलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सपथ खुवाएका हुन् ।








