राप्रपा केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको पूर्ण बैठक आजबाट सुरू हुँदैछ।
पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आजबाट सुरू हुने बैठक जेठ ३ सम्म चल्ने पार्टी सचिवालयले जनाएको छ। बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, गत बैशाख १० मा सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका साङ्गठनिक गतिविधिसहितको रिर्पोटिङ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिनेछ।
बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले भावि कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सङ्गठनको रणनीति र कार्यनीति सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नेछन्।
बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने तथा सोही बैठकले पार्टीको आगामी कार्ययोजना र कार्यदिशाका बारेमा आफनो धारणा बनाउने जनाइएको छ। वैशाख ३०\३१ गते बैठक बस्ने भनिएपनि तयारी नभएको भन्दै जेठ १ गतेका लागि सारिएको थियो ।








