प्रतिनिधि सभाको बैठक बस्दै
प्रकाशित मिति : 15 May, 2023 9:42 am
काठमाडौँ । आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । सोमबार दिउँसो १ बजे संसद भवनमा बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रस्तुत गर्ने र सभामुखले शोक प्रश्तावहरु प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।
त्यस्तै आजै दिगो विकास तथा सुशासन समितिको बैठक पनि बस्दैछ । बैठक आज बिहान ११ बजेबाट सिंहदरबारमा शुरु हुनेछ । आजको बैठकमा मनोसामाजिक अपाङ्गताको दृष्टीकोणबाट विद्यमान कानूनमा रहेका विभेदकारी व्यवस्थाहरु हटाउने सम्बन्धमा छलफल हुनेछ ।








