प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
प्रकाशित मिति : 15 May, 2023 9:55 am
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।
भेटमा संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेस गर्न संसद्को संयुक्त बैठक कहिले बस्ने लगायतका विषयमा छलफल भएको तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ ।








