१ पुस २०८२, मंगलबार

बालकृष्ण खाणलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगियो

प्रकाशित मिति :  15 May, 2023 12:52 pm


काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको छ ।

हिरासतमा रहेका खाणलाई बयान गराउन सोमबार प्रहरीले सरकारी वकिल कार्यालयमा ल्याएको काठमाडौं प्रहरी परिसर टेकुले जनाएको छ ।

उक्त प्रकरणमा पक्राउ परेका खाणसहित १२ जनालाई शनिबारदेखि लागू हुने गरी हिजो ९आइतबार० थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

शरणार्थी प्रकरणमा प्रहरीले १३ जनालाई पक्राउ गरिसकेको छ । हिजो बेलुका पूर्वमन्त्री टोपबहादुर रायमाझी समेत पक्राउ परेका छन् । प्रहरीले उनलाई आज अदालतमा पेश गर्दै छ ।



प्रतिक्रिया दिनुहोस !