टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति
प्रकाशित मिति : 15 May, 2023 4:15 pm
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । पक्राउ पुर्जी जारी भएको ११ दिन पछि रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसहित पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेस नेता बालकृष्ण खाणलगायत १३ जना पक्राउ परिसकेका छन् ।








