४ पुस २०८२, शुक्रबार

बन्द रहेका उद्योगहरू पुनः सञ्चालनमा ल्याउछौ : मन्त्री रिजाल

प्रकाशित मिति :  15 May, 2023 5:49 pm


काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले व्यवसाय मैत्री वातावरण निर्माणका निम्ती आफु लागि परेको बताएका छन् । नेपाल प्रेस युनियन पर्साको १०औं जिल्ला अधिवेशन कार्यक्रममा  बोल्दै मन्त्री रिजालले यसका लागि आवश्यक रणनीतिक उपकरणहरू कार्यान्वयन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका हुन् ।

नागरिकको अर्थपूर्ण सहभागिता नै सरकारको परिकल्पना रहेको बताउँदै मन्त्री रिजालले देशको आर्थिक समृद्धि र सुशासन तर्फ नीति निर्माणमा सरकार आगाडी बढेको स्पष्ट पारेका छन् ।  मन्त्री रिजालले नागरिकहरूमा आशा र समृद्धिका आधारहरूको विषयगत छलफल तथा नीति निर्माण, बजेट तथा कार्यक्रमहरूको व्यवस्था गर्दै सरकार अगाडी बढेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले बन्द रहेका उद्योगहरूको अनुगमन तिव्रताका साथ अगाडि बढिरहेको बताएका छन् ।

बन्द उद्योगलाई पुनः सञ्चालनमा ल्याई आर्थिक समृद्धितर्फ अघि बढ्न सरकारले निति अगाडी सारेको समेत मन्त्री रिजालले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस !