९ पुस २०८२, बुधबार

सत्तामा बसेर पनि उपलब्धि दिन नसक्दा जनताले नयाँ विकल्प खोजे : भट्टराई

प्रकाशित मिति :  15 May, 2023 6:26 pm


काठमाडौँ । नेपाल समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई आफूहरुले हलाल क्रान्ति गरेपनि छिनाल क्रान्ति गर्न नसकेको बताएका छन् । विद्यार्थी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले क्रान्तिलाई विजयमा पुर्याउन नसक्दा संकट देखिएको बताए ।

उनले लामो समय सत्तामा रहेर पनि कुनै उपलब्धि दिन नसक्दा जनताले नयाँ विकल्प खोजेको बताउँदै विगतका गाथा मात्रै गाएर बस्ने हो भने जनता कम्युनिष्टहररूबाट अलग्गिनसक्ने खतरा रहेको उल्लेख गरे ।

उनले भने, “हामीले लामो संघर्ष गरेर सात सालदेखिका आन्दोलन र माओवादी जनयुद्ध हुँदै आउँदा लोकतन्त्रको लडाईं त मुल रूपमा सम्पन्न गरका छौँ तर पूर्ण रुपमा विजयी पाउन सकेका होइनौँ । हामी हिजोका मात्रै गाथा गाएर बसिराख्यौं भने जनता हामीबाट अलग हुन सक्ने खतरा मैले देखिराखेको छु । हामीले कसरी निरन्तर क्रान्तिकारी गरिराख्ने कसरी भ्रष्टिकरणबाट बच्ने भन्नेकुरा एउटा हो । अर्को समय अनकुल वर्तमान एजेण्डा र जनताको चाहना के हो । त्यसलाई ठम्याएर जनतालाई साथमा लिएर हामीले जान सक्नुपर्छ ।”

पूर्वप्रधानमन्त्री भट्टराईले वैज्ञानिक भूमि सुधार गरेर किसानहरुमा जमिनको पहुँच, शिक्षा स्वास्थ्य सामाजिक सुरक्षामा सबै जनताको अधिकार स्थापित गर्ने र उद्योगधन्दा खोलेर रोजगारी गर्ने काम गर्नुपर्नेमा सो हुन नसकेको बताए ।



प्रतिक्रिया दिनुहोस !