९ पुस २०८२, बुधबार

संघीयता जोखिममा पर्ने अवस्था देखियोः अध्यक्ष नेपाल

प्रकाशित मिति :  15 May, 2023 6:30 pm


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघीयता जोखिममा पर्ने अवस्था देखिएको बताएका छन् ।

सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र, गणतन्त्र र संविधान संकटमा पर्न थालेको बताएका हुन् ।

उनले अब कम्युनिष्ट पार्टीहरू एक भइ आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने आवश्यकता  देखिएको बताउँदै कम्युनिष्टहरू एक भएर नागरिकको जनजीविका, सामाजिक न्याय र समानताको झण्डा उठाउनुपर्ने आवश्यकता रहेको बताए । नेपालले विकासलाई अघि बढाइरहेपनि चाहे अनुसारको विकास हुन नसकेको र समाजमा विकृति र विसंगतिको चाङ रहेको भन्दै यसलाई उखेलेर फाल्नुपर्ने बताएका छन् ।

अध्यक्ष नेपालले नेपाली समाज अफ्ठ्यारो स्थितिबाट अघि बढीरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !