४ पुस २०८२, शुक्रबार

यी तीन प्रदेशका पहाडि भू-भागमा वर्षा हुने

प्रकाशित मिति :  16 May, 2023 6:41 am


फाइल फाेटाे

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर-पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

गण्डकी प्रदेशको पहाडी भू-भागको एक\दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघगर्जन र चट्याङ्गर हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको संभावना रहेको छ।

त्यस्तै राति भने कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका एक\दुई स्थानमा मेघगर्जन र चट्याङ्गर हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !