९ पुस २०८२, बुधबार

राप्रपा केन्द्रीय समितिको बैठक आज पनि बस्दै

प्रकाशित मिति :  16 May, 2023 7:59 am


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको पूर्ण बैठक आज पनि बस्ने भएको छ। धुम्बाराहीमा सोमबारदेखि सुरु भएको बैठकमा प्रस्तुत गरिएका प्रतिवेदनमा छलफलको क्रम जारी रहेकाले बैठक मंगलबार पनि बस्न लागेको हो।

बैठक बिहान ८ बजेदेखि सुरु हुनेछ । सोमबारको बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ शीर्षकको प्रतिवेदनमाथिको छलफलमा नेताहरूले बोल्ने क्रम बाँकी रहेकाे छ ।

उक्त प्रतिवेदनमा महाधिवेशन र पुस्तान्तरण, तीनै तहको निर्वाचनमा पार्टीको अवस्था, संवर्द्धनवादी विश्व सङ्गठनमा पार्टीको सहभागिता, राजसंस्था, हिन्दू राष्ट्र संविधान विपरीत नभएको विषय उल्लेख छ।

उनले पेस गरेको प्रतिवेदनमा नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा पनि विदेशी संलग्न रहेको आरोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस !