प्रधानमन्त्रीले बोलाए सत्तारुढ गठबन्धनको बैठक
प्रकाशित मिति : 16 May, 2023 12:21 pm
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ १० दलको बैठक बोलाएका छन् ।
जेठ ५ गते पेश गर्न लागिएको नीति तथा कार्यक्रमका बारेमा छलफल गर्नका लागि आज सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले बताए ।
प्रधानमन्त्रीले सरकारमा रहेका र सरकारलाई समर्थन गरेका १० दलका नेताहरूलाई सो बैठकमा सहभागी हुनका लागि निम्तो दिएका छन् ।
बैठकमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका नेताहरुको सुझाव माग्ने उनले बताए ।
सरकारले यहि जेठ ५ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।








