३ पुस २०८२, बिहिबार

खाँणबारे कांग्रेसले भन्यो : निर्दोष प्रमाणित गर्छु भन्नुभएकोले निलम्बनको निर्णय गरिएको छैन

प्रकाशित मिति :  16 May, 2023 1:52 pm


काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई तत्काल निलम्बन नगर्ने भएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता अर्थमन्त्री डा. प्रकाश शरण महतले खाँणलाई निलम्बन गर्ने कि नगर्ने विषयमा बहस भए पनि पार्टीले कुनै पनि निर्णय नगरेको बताएका छन् ।

उहाँलाई निलम्बन गर्न पार्टी भित्रैबाट माग भइरहेको छ डा. महतले भने पार्टी भित्रैबाट निलम्बनको कुरा आएको छ, हामी बचाउनु पर्छ भन्दैनौ तर, उहाँले निर्दोष प्रमाणित गर्छु, अनुशन्धानमा सघाउँछु भन्नुभएको हुनाले तत्काल पार्टीले निलम्बन गर्ने निर्णय लिएको छैन ।

यस प्रकरणबारे अनुसन्धान परिपक्क र स्वतन्त्र हुनुपर्ने बताउँदै महतले त्यसमा कांग्रेसले पनि सहयोग गर्ने बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा लेनदेन गरेको आरोप लागेपछि खाँणलाई गत वैशाख २७ गते प्रहरीले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !