९ पुस २०८२, बुधबार

स्वार्थ बाझिने सदस्य अर्थ समितिमा नबस्ने स्वघोषणा गर्न सांसद सूर्य थापाको ध्यानकर्षण

प्रकाशित मिति :  16 May, 2023 2:51 pm


काठमाडौँ । प्रतिनिधि सभा सदस्य सूर्य थापाले कोही स्वार्थ बाझिने सदस्य मनोनित रहेको भए समितिमा नबस्ने स्वघोषणा गर्न ध्यानकर्षण गराएका छन् ।

प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको पहिलो बैठकमा थापाले ‘कोही स्वार्थ बाझिने सदस्य मनोनित रहेको भए समितिमा नबस्ने स्वघोषणा गर्न ’ ध्यानकर्षण गराएका हुन् ।

प्रतिनिधिसभा नियमावली,२०७९ को दफा १७५ को (२) र (३) व्यवस्थाअनुसार सदस्यहरूको मनोनयन गर्दा स्वार्थ बाझिने सदस्यलाई सम्बन्धित समितिमा मनोनयन नगर्नेू व्यवस्थाको व्याख्यासहित त्यसमा स्पष्ट हुन जोड गरिएको छ।

यसै व्यवस्थालाई स्वार्थ बाझिने सदस्य मनोनित रहेको भए समितिमा नबस्ने स्वघोषणा गर्न आफूले आजको बैठकमा छलफलको शुरूवातमै आफूले ध्यानाकर्षण गराएको जानकारी गराएका छन् ।

उनले भने,“विगतमा नियमावलीमा यस्तो व्यवस्था नरहेकोमा नयाँ नियमावलीले स्पष्ट व्यवस्था गरेको हुँदा प्रचलित कानुनबमोजिम स्वार्थ नबाझिने भनेको के हो ? स्पष्ट व्याख्या र आवश्यक निर्णय हुन जरूरी देखिएको छ।”



प्रतिक्रिया दिनुहोस !