५ जेष्ठ २०८१, शनिबार

कोरोना संकट : ब्राजिलमा स्वास्थ्य मन्त्री बर्खास्त, अमेरीकामा मृतकको संख्या ३२ हजार भन्दा माथी

प्रकाशित मिति :  17 April, 2020 7:48 am


एजेन्सी, ५ वैशाख ।

ब्राजिलमा कोरोना भाइरसको विषयलाई लिएर मतभेद भएपछि राष्ट्रपतिले स्वस्थ्य मन्त्रीलाई बर्खास्त गरेका छन् ।

कोरोना भाइरस फैलावटलाई कसरी रोक्ने भन्ने विषयमा मतदभेद हुँदा राष्ट्रपति जान्यर बेलसेनरोले स्वास्थ्य मन्त्री लुइन्ज हैनरिक मडेटालाई बर्खास्त गरेका हुन् ।

दुबै नेताबीच सार्वजनिक रुपमा नै आरोप प्रत्यारोप चलेको थियो । स्वास्थ्य मन्त्रीले एक टेलिभिजन अन्तर्वातामा कोरोना संकट समाधानका लागि सरकार एकजुट भएर लड्नुपर्ने धारणा राखेका थिए जसलाई राष्ट्रपतिले सरकारको आलोचना मानेका थिए ।

स्वास्थ्य मन्त्री मनडेटाले नागरिकको जीवन रक्षाका लागि विश्वका अन्य देशका नागरिकबाट सिक्नुपर्न भन्दै लकडाउन लागु गर्ने गर्भनरहरुको प्रशंसा समेत गरेका थिए । तर, राष्ट्रपति बेलसोनारो स्वास्थ्य मन्त्रीको भनाईप्रति सहमत थिएनन् ।

उनले कोरोना भाइरसलाई ‘सामान्य फ्लु’ भएका टिप्पणी गरेका थिए । राष्ट्रपतिको भनाईप्रति ब्राजिलमा विरोध भएको थियो ।
मदभेद चर्कदै गएपछि राष्ट्रपतिले स्वास्थ्यमन्त्री बर्खास्त गरेका हुन् ।

अहिलेसम्म ब्राजिलमा ३० हजार भन्दा धेरै संक्रमित भइसकेका छन् भने १९२४ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका    छन् ।

अमेरीकामा कोरोना भाइरसका कारण मर्नेको संख्या बढिरहेको छ । अमेरीकी समाचार संस्था सीएनएनका अनुसार अमेरीकामा अहिलेसम्म ३२ हजार १ सय ८६ जनाको मृत्यु भइसकेको छ भने ६ लाख ५८ हजार २ सय ६३ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा २९ हजार १ सय १४ जना संक्रमित भेटिएका छन् भने २० हजार २४ जनाको मृत्यु भएको छ ।

बेलायतमा कम्तिमा ३ हप्ता लकडाउन बढाउने तयारी छ ।  विदेशमन्त्री डोमिनिक राबले कोरोना भाइरस फैलनबाट रोक्न कम्तिमा तीन हप्ता लकडाउन बढाउने घोषणा गरेका छन् ।

उनले लकडाउनमा छुट दिए सार्वजनिक स्वास्थ्यको लागि मात्रै होईन कि अर्थव्यवस्थाका लागि समेत ठूलो खतरा हुन सक्ने औंल्याएका छन् ।
फ्रान्समा २४ घण्टामा ७ सय ५३ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म फ्रान्समा १७ हजार ९ सय २० पुगेको छ ।

फ्रान्स कोरोना भाइरसबाट प्रभावित विश्वको ५ औं नम्बरमा पर्छ ।
भारतमा कोरोनाबाट मर्नेको संख्या ४ सय २० भएको छ भने संक्रमितको संख्या १२ हजार ७ सय ५९ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !