९ पुस २०८२, बुधबार

संसदीय समितिलाई कर्मकाण्डी बनाइनु हुँदैनः रवि लामिछाने

प्रकाशित मिति :  16 May, 2023 4:07 pm


sf7df8f}+ . राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाइनु नहुने बताएका छन् । 

मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

समितिले निस्कर्ष निकालेर विषयहरुलाइ तोडमोड गर्नु हुँदैन भन्दै लामिछानेले समितिलाई प्रभावकारी बनाएर दिएको निर्देशन पालना गर्नुपर्याे, निर्देशन पालना नगरे के गर्ने भन्ने बारेमा पनि कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने बताए ।

उनले भने, ‘वाइडबडी खरिदमा घोटाला भएको भनेर समितिले भनिसकेको छ । तर संसदीय समितिले त्यत्रो प्रमाण जुटाएर, छलफल गरेर कुनै विषयमा निस्कर्ष निकालेर दिएको निर्देशन फासफुस हुने हो भने समिति कर्मकाण्डी हुन्छन्, समिति कर्मकाण्डी हुन भएन । कसैलाई फसाउन गरिएको निर्णय हो भने बिरोध गरौँ नत्र भने लागू गरौँ ।’


सांसद लामिछानेले समितिमा बोल्नका लागि सदस्यको समय छुट्याउन आवश्यक रहेको बताए । 



प्रतिक्रिया दिनुहोस !