रेशम चौधरीलाई जन्मकैदको फैसला सर्वोच्च अदालतबाट सदर
प्रकाशित मिति : 16 May, 2023 5:53 pm
काठमाडौँ । सर्वोच्च अदालतले रेशम चौधरीबारे उच्च अदालतको फैसलालाई सदर गरिदिएको छ ।
उच्च अदालत दीपायलले चौधरीलाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो ।
न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले आज उच्च अदालतको फैसला सदर गर्दै चौधरीलाई जेलमै राख्ने फैसला गरेको हो ।
२०७२ भदौ ७ मा टीकापुरमा भड्किएको हिंसामा एक नाबालक, नेपाल प्रहरीका एसएसपीसहित ८ जना प्रहरीको मृत्यु भएको थियो । सोही मुद्दामा चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि पूर्वसांसद चौधरी अहिले काठमाडौँ डिल्लीबजार कारागारमा छन् ।








