९ पुस २०८२, बुधबार

राप्रपाको केन्द्रीय समिति बैठक आज सकिँदै

प्रकाशित मिति :  17 May, 2023 7:52 am


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक आज सकिँदैछ ।

सोमबारदेखि जारी केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पेश गरेको राजनीति प्रतिवेदनमाथि सदस्यहरूले धारणा राखेका थिए।

मंगलबार ९ घन्टासम्म चलेको बैठकमा राजेन्द्र लिङ्देनले पेश गरेको राजनीति प्रतिवेदनमाथि सबै केन्द्रीय सदस्यहरूले ३–३ मिनेटमा आफ्नो धारणा राखेका थिए ।

धारणा राख्ने क्रममा केही सदस्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुनु गल्ती रहेको समेत बताएका थिए। तीन वटा प्रतिवेदनमाथि सदस्यले बोल्ने क्रम सकिएको र बैठक आज दिउँसो सकिदैँ छ ।



प्रतिक्रिया दिनुहोस !