९ पुस २०८२, बुधबार

जन्मकैदको फैसला सदर भएपछि रेशम चौधरीले उन्मुक्तिका नेताहरूलाई कारागार बोलाए

प्रकाशित मिति :  17 May, 2023 9:57 am


काठमाडौँ । जन्मकैदको फैसला सदर भएपछि रेशम नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टीका नेताहरूलाई आफू रहेको डिल्लीबजार कारागारमा बोलाएका छन्।

टीकापुर घटनाका आरोपी रेशम चौधरीसहित सातजना विरुद्ध कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सर्वोच्च अदालतबाट पनि सदर भएको छ । सोही विषयमा छलफल गर्न चौधरीले नेताहरुलाई कारागार बोलाएका हुन् ।

बिहान १० बजे डिल्लीबजार कारागारमा बोलाइएकाे पार्टीका नेताहरूको भेटमा समसामयिक राजनीतिक ‍विषयवस्तुका बारेमा पनि छलफल हुने जनाइएको छ।



प्रतिक्रिया दिनुहोस !