८ पुस २०८२, मंगलबार

‘एमाले अलोकतान्त्रिक बन्यो, कांग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिस्पर्धा भइरहेको छ’

प्रकाशित मिति :  17 May, 2023 11:45 am


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अलोकतान्त्रिक बनेको बताए ।

बुधबार मदन—आश्रित स्मृति दिवसलाई काठमाडौँमा सम्बोधन गर्दै उनले नेकपा एमालेभित्रका अलोकतान्त्रिक चरित्रहरू हटाउन एमाले नेता तथा कार्यकर्ताहरूलाई सुझाव दिए ।

उनले पार्टीको यस्ता विचार र नेताहरू बिरुद्धमा जुध्न एमालेका नेताहरूले आवाज उठाउनुपर्ने बताए ।
उनले भने, ‘अहिले पनि जबजको औचित्य समाप्त भएको छैन । अहिले पनि हेर्ने हो भने पार्टीहरूभित्र अलोकतान्त्रिक चरित्रहरू विद्यमान छन् । त्यसो भएकाले पार्टीहरूको लोकतान्त्रिककरण गर्नुपर्ने आवश्यक्ता अझै छ । त्यसको जीवन्त उदाहरण नेकपा एमाले छ । नेकपा एमालेभित्र रहेको अलोकतान्त्रिक, नीति भन्दा नेता प्रधान, नेता भन्दा नीति प्रधान हुनुपर्ने भन्दा नीति भन्दा नेता प्रधान भन्ने मान्यतामा छ ।”

अध्यक्ष नेपालले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताउँदै नेपालमा काँग्रेस, कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिष्पर्धा भइरहेको उल्लेख गरे । उनले सरकारमा रहेकाहरूमा कसरी पैसा कमाउने र कसरी जनतालाई लुट्ने भन्ने प्रवृत्ति हाबी रहेको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !