रेशम चौधरी क्रान्तिकारी हुन् सलाम ! : बाबुराम भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले टिकापुर हत्याकाण्डका योजनाकारका रूपमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई क्रान्तिकारी भएको बताएका छन् ।
उक्त हत्याकाण्डमा दोषी ठहर भएर जन्मकैदको सजाय भोगिरहेका चौधरीलाई मंगलबार सर्वोच्च अदालतले पनि उच्च अदालत दिपायलको फैसलालाई सदर गरेको थियो ।
२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट–थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एकजना नाबालकको मृत्यु भएको थियो ।
सर्वोच्च अदालतले चौधरीको विपक्षमा फैसला गरेसँगै डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा आलोचना गरेका थिए ।
ट्वीटरमा उनले लेखेका छन्, ‘अदालत र न्यायाधीशले पुरानारविद्यमान कानून, नजीर, सोंच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउँछन् । क्रान्तिकारीले पुरानोरविद्यमानसँग विद्रोह गरेर नयाँरभविष्यमुखी सोंचरमान्यतारविधि स्थापित गर्न खोज्छन् र पुरानाको नजरको ‘अपराध’ गरिरहन्छन् । इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ । रेशम चौधरी क्रान्तिकारी हुन् । सलाम ।’






