८ पुस २०८२, मंगलबार

एमसीसी र एसपीपी पास गरेपछि अमेरिकी सेनाका झुण्डहरूको उपस्थिति बाक्लिन थाल्योः झलनाथ खनाल

प्रकाशित मिति :  17 May, 2023 12:11 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र एसपीपी पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरूको उपस्थिति बाक्लिन थालेको भन्दै आपत्ति जनाएका छन् ।

बुधवार ३१ औं मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै खनालले अहिले देश संकटपूर्ण अवस्थामा रहेको र देशमा राजनीतिक अस्थिरता कायम रहेको बताए । उनले नेपाल रेमिट्यान्स आधारित देश बन्न लागेको भन्दै चिन्ता व्यक्त समेत गरे ।

नेता खनालले नेपाललाई पश्चिमा शक्तिले आफ्नो खेल भूमि बनाउन खोजेको टिप्पणी गर्दै एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुण्डहरू नेपालमा आइरहेको दाबी गरे ।

नेपाललाई विदेशीको खेल मैदान बन्न दिनु नहुने उनको भनाई थियो । नेपालमा अमेरिकीहरूको उपस्थिति बाक्लिनुको कारणबारे नेपाली सचेत रहनुपर्ने बताए ।

नेता खनालले भने,“एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुण्डहरु नेपालमा आएका छन् । अमेरिकाका रक्षामन्त्रीहरू आउँछन्, सबैभन्दा पहिला तिब्बतीय क्याम्पमा पुग्छन् किन ? के स्वार्थ छ, यसमा नेपालीले बुझ्नुपर्छ । हाम्रो देशको गृहमन्त्रीकोमा पुग्छन् ? के स्वार्थ छ ? नेपाललाई किन खेल मैदान बनाउन कोशिस गर्दैछन् ? हामी अब यसको सामना गर्नपर्छ ।”

नेता खनालले नक्कली भूटानी शरणार्थी प्रकरण ज्जास्पद र राष्ट्रघाती भएको बताए ।

उनले यो प्रकरण निष्पक्ष रुपमा छानबिन हुनुपर्नेमा जोड दिए । यस प्रकरणमा मुछिनेहरूको संख्या बढ्दै गएको र ठूला नेताहरुरू पनि पक्राउ पर्दै गएको भन्दै भ्रष्टाचारको काण्डलाई निष्पक्ष रपमा टुंगोमा पुर्‍याउन आग्रह गरे ।

नेता खनालले भने,“अहिले नक्कली भूटानी शरणार्थीको काण्ड अहिले देशमा सतहमा आएको छ, यो लज्जास्पद, राष्ट्रघाती, देशद्रोही, संघीन काण्ड हो, यसलाई सही ढंगले टुंगोमा लगिन्छ की लगिँदैन ? आज हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) देशव्यापी रुपमा चिन्ताका साथ छ । यो कुरामा दृढतापूर्वक टुंगोमा लैजानुपछ ।”



प्रतिक्रिया दिनुहोस !