४ पुस २०८२, शुक्रबार

यी प्रदेशमा मेघगर्जन र चट्याङ्ग सहित वर्षा हुने

प्रकाशित मिति :  18 May, 2023 7:24 am


सांकेतिक तस्बिर

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाको जानकारी हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। काठमाडौँ उपत्यका केही स्थानमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राति कोशी प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको संभावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !