एकीकृत समाजवादीले आज माइतिघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै
प्रकाशित मिति : 18 May, 2023 8:48 am
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै नेकपा एकीकृत समाजवादीले आज विरोध प्रदर्शन गर्ने भएको छ ।
आज दिउँसो ३ बजे माइतिघर मण्डलामा प्रदर्शन गर्न लागिएको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका जानकारी दिए ।
एकीकृत समाजवादीले बुधबार मात्रै नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्नुपर्ने माग राख्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।








