४ पुस २०८२, शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा हज कमिटीका अध्यक्ष मियाँ पक्राउ

प्रकाशित मिति :  18 May, 2023 1:46 pm


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । हिरासतमा रहेका आरोपीले मियाँ पनि उक्त प्रकरणमा संलग्न रहेको खुलासा गरेपछि प्रहरीले अाज सिंहदरबारबाट पक्राउ गरेको जनाएको छ ।

उक्त प्रकरणमा संलग्नता खुलेपछि एक साता अघिदेखि मोबाइल अफ गरेर बसेका मियाँलाई प्रहरीले सिंहदरबारबाट केही सरकारी कागजात सहित पक्राउ गरेको जनाएको छ ।

पैसा ओसार्न मियाँले कमिटीको गाडी प्रयोग गर्ने गरेको प्रहरी हिरासतमा रहेका आरोपीले खुलासा गरेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको परिसरका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए ।

मिया काम विशेषले सिंहदरबार छिरेको जानकारी पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले मियाँलाई जिल्ला प्रहरी परिसर, टेकु लगेको छ भने उनलाई आजै अदालत उपस्थित गराएर अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गरिने प्रहरीले जनाएको छ ।

उनले गृह मन्त्रालय अन्तरगत नेपाल हज कमिटीको सचिवालयमा सहसचिव सरहको सेवा सुविधा लिइरहेका थिए । उक्त प्रकरणमा संलग्नता देखिएपछि उनी गृहमन्त्रालयमा नगई अन्य मन्त्रालयमा बसेर काम गर्दै आएको स्रोतले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !