माओवादी लडाकु राखिएको क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको छैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकुलाई राखिएको क्यान्टोन्मेन्टमा भ्रष्टाचार नभएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधिएको प्रश्नको उत्तर दिने क्रममा क्यान्टोन्मेन्टमा भ्रष्टचार भएको आरोप कपोकल्पित भएको बताएका हुन् ।
क्यानोन्टमेन्टमा रहेका लडाकुलाई दिएको रकमको सबैको रेकर्ड रहेको हुनाले भ्रष्टचारको आरोप पूर्वग्राही रहेको बताए ।
पूर्व लडाकू शिविरको भौतिक पूर्वाधार र रासन पानीका लागि दिएको सम्पूर्ण रकमको अडिट रेकर्ड नै छ ।
प्रधानमन्त्रीले भने ‘तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला र अर्थमन्त्री डा.रामशरण महतको कार्यकालमा उक्त रकम वितरण भएको हो । यो रुजु गरेर टुंगो लागेको विषयलाई राजनीतिक पूर्वाग्रह राखेर उठाएको देख्दा आश्चर्यमा परेको छु ।’
यस विषयमा कसैले उजुरी गरेर छानबिन गरेर जेल जान तयार रहेको उनले घोषणा गरे ।






