४ पुस २०८२, शुक्रबार

अर्थतन्त्र सुधारका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छः उद्योगमन्त्री रिजाल

प्रकाशित मिति :  19 May, 2023 6:20 am


काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले वर्तमान अर्थतन्त्रको समस्याको दीर्घकालिन समाधान गर्न निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

बिहीवार काठमाडौंमा उद्योग वाणिज्य महासंघले आयोजना गरेको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन सार्वजनिकीकरण एवं छलफल कार्यक्रममा बोल्दै मन्त्री रिजालले व्यापार व्यवसायमा आएको संकुचनको कारण राजश्व संकलनमा समस्या उत्पन्न भएको बताए।

उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न निरन्तर तत्पर रहेको चर्चा गर्दै आगामी बजेटमा निजी क्षेत्रका समस्या सम्बोधन गर्ने गरी ल्याउने बताए।

निजी क्षेत्रले उठाएको मर्यादा क्रमको मागमा सरकार गम्भिर रहेको उनकाे भनाइ छ । सरकार रोजगारी सिर्जना,राजश्व संकलनको कमी लगायतका विषयमा संवेदनशिल रहेको बताए।



प्रतिक्रिया दिनुहोस !