४ पुस २०८२, शुक्रबार

आगामी बजेट गलत तथ्याङ्कमा आधारित भएर ल्याउन हुँदैनः पूर्वमन्त्री डा. खतिवडा

प्रकाशित मिति :  19 May, 2023 6:39 am


काठमाडाैँ। पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट गलत तथ्याङ्कमा आधारित भएर नल्याउन आग्रह गरेका छन् ।

बिहीवार काठमाडौंमा भएको नेपालको अर्थतन्त्र, वर्तमान अवस्था र आगामी दिशा अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. खतिवडाले सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदर राख्दा अर्थतन्त्रमा देखिएको अवस्थाको मूल्याङ्कन गरेर बजेट ल्याउनुपर्ने बताए।

चालु आर्थिक वर्षको अन्त्यसम्म २.२ प्रतिशतको आर्थिक वृद्धिदर हुन नसक्ने अवस्था देखिएको बताउदै उनले सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदरमा ४ प्रतिशत कायम हुने अनुमान भएपनि २ प्रतिशत भन्दा तल झर्नसक्ने अवस्था देखिएको उल्लेख गरे।

खतिवडाले अबको तीन महिनामा १ प्रतिशत पनि आर्थिक वृद्धि हुने अवस्था नभएकाे दाबी गरे । चालु आवको दुई त्रैमासिकमा आर्थिक वृद्धिदर कम हुँदा आर्थिक मन्दी हुने तर २ प्रतिशत नेगेटिभमा गएको आर्थिक सिथिलता देखिएको बताए। ।

आर्थिक मन्दी भए पनि अर्थतन्त्रका सूचकहरु नेगेटिभ नभएको भन्दै अर्थतन्त्रमा मन्दी हो वा सानो धक्का मात्रै देखिएको भन्ने विषयमा बहस छलफल हुन जरुरी रहेको चर्चा गरे ।

वर्तमान सरकारले आगामी बजेट आर्थिक वृद्धिदर २ प्रतिशत यति प्रतिशतले राजश्व,आन्तरिक ऋण र त्यसैको आधारमा बजेट आकार बनाए अर्थतन्त्र थप बिग्रने भन्दै सचेत गराए ।

डा. खतिवडाले भने, “अहिले मुलुक आर्थिक मन्दीमा छ । आर्थिक वृद्धिदर दुई तीन क्वाटर तल गयो भने मन्दी हुन्छ भनेका छौं यहाँ त नेगेटिभ भइसक्यो । मन्दी भएपछि बैंकको ब्याजदर पनि तल जानुपर्ने हो । मूल्यवृद्धिदर पनि तल जानुपर्ने हो । अर्थतन्त्रका धेरै परिसूचकहरु तल जानुपर्ने हो। त्यो भइरहेको छैन ।,”

आगामी आर्थिक वर्षको बजेट गलत तथ्याङ्कमा आधाररित भएर बन्याे भने बजेटको साख धुमिल हुने भनाइ उनकाे छ । उनले १० देखि १२ प्रतिशतको वित्तीय हिस्सा ओगटेको क्षेृत्र नै अस्थव्यस्त रहेकोमा चिन्ता व्यक्त गरे।

डा.खतिवडाले अर्थतन्त्रलाई चलायमान बनाउने कुरा गरिरहँदा सरकारसँग वित्त नीति र मौद्रिक नीतिमा चलाउने ठाउँ नभएको बताउनु बताए। उनले मुलुकको चालु खाताघाटा र बजेट घाटोको स्पेश अफ्ठ्यारो स्थितिमा भएकाले सरकार नीतिगत रुपमा दबाबमा रहेको बताए।

मौद्रिक नीति खुकुलो बनाउन ठाउँ नभएको,ब्याजदर कम गर्न लगानी बढ्ने अवस्था नरहेको र करका दर बढाउँदा सिथिलता रहेको भन्दै अर्को वर्ष व्यवसायिक आम्दानीको आधारमा आय कर समेत घट्ने बताए।



प्रतिक्रिया दिनुहोस !