५ जेष्ठ २०८१, शनिबार

प्रदेश कृषिमन्त्रीहरूसँग संघीय मन्त्री भुसालकाे ‘भर्चुअल’ वैठकः कृषि याेजना र बजेटबारे छलफल

प्रकाशित मिति :  17 April, 2020 12:07 pm


कृषि तथा पंशुपक्षी विकासमन्त्री घनश्याम भुसाल सिंहदरबार स्थित मन्त्रालयबाट भिडियो मार्फ सातै प्रदेशका कृषिमन्त्रीसँग छलफल गर्दै

काठमाडाैं, ५ चैत ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाल र सातै प्रदेशका कृषि, भूमि तथा सहकारी मन्त्रीहरुबीच भर्चुअल वैठक बसेकाे छ ।

भिडियाे कन्फ्रेन्समा मन्रीहरूबीच काेराेनाका कारण कृषि र पशुपन्छी क्षेत्रमा परेकाे समस्या र भावी कार्यदिशाकाे बारेमा छलफल भएकाे हाे ।

कृषि उपजकाे बजार पहुँचकाे अवस्था, किसानलाई राहत र अबकाे कृषि याेजना, बजेट र प्राथमिकता बारे छलफल भएकाे हाे ।

काेराेनाका कारण कृषि र पशुपन्छी क्षेत्रमा परेकाे समस्या, कृषि उपजकाे बजार पहुँचकाे अवस्था, किसानलाई राहत र अबकाे कृषि याेजना, बजेट र प्राथमिकता बारे छलफल केन्द्रीत भइरहेकाे छ ।

वैठकपछि कृषि क्षेत्रमा अगाडि बढ्न ठाेस निर्णय गरिने मन्त्री भुसालकाे सचिवालयले जनाएकाे छ।।

मन्त्री भुसालकाे प्रदेश मन्त्रीसँगकाे याे तेस्राे वैठक हाे । यसअघि दुइ पटक काठमाडाैंमा संयुक्त वैठक गरिसकिएकाे छ ।

वैठकले यसअघि नै कृषिसम्बन्धि याेजना तर्जुमा तथा बजेट निर्माण तथा कार्यान्वयनसम्म समन्वय गरेर अगाडि बढ्ने गरि संयन्त्रणसमेत बनाइसकिएकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !