आज सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
प्रकाशित मिति : 19 May, 2023 8:01 am
काठमाडौँ । आज सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ ।
आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
संविधानको धारा ९५ तथा प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावलीको नियम ३८ मा नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नुपर्ने हुन्छ। सरकारले हरेक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रपतिको स्वास्थ्य अवस्थाका कारण नीति तथा कार्यक्रम प्रधानमन्त्री प्रचण्डले पढ्ने तयारी थियो । बुधवार राष्ट्रपतिको सचिवालयले राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएकाले नीति तथा कार्यक्रम राष्ट्रपतिलेनै प्रस्तुत गर्ने जनाएको छ ।








