१४ बैशाख २०८१, शुक्रबार

भारतमा आर्थिक मन्दी रोक्न आर्थिक प्याकेजको घोषणा, ५० हजार करोड भारु बजारमा लगानी हुने

प्रकाशित मिति :  17 April, 2020 11:54 am


एजेन्सी, ५ वैशाख ।

भारतले कोरोना भारतका कारण हुनसक्ने आर्थिक संकट हटाउन ठूलो आर्थिक प्याकेज घोषणा गरेको छ ।

भारतीय रिजर्व बैंकका गभर्नर शक्तिकान्त दासले आज विहान ५० हजार करोड भारुको आर्थिक प्याकजे घोषणा गरेका हुन् ।

प्याकेज अन्तर्गत राष्ट्रिय कृषि तथा ग्रामिण विकास बैंकलाई २५ हजार करोड भारु र साना उद्योग विकास बैंकलाई १५ हजार करोड भारु र राष्ट्रिय आवास बैंकका लागि १० हजार करोड भारु विनियोजन गरिएको छ ।

गर्भनर दासले भनेका छन,‘कोरोनाका कारण सारा विश्व ठूलो आर्थिक मन्दीको दिशामा बढिरहेको छ तर भारतको अवस्था त्यति खराब छैन ।’

उनले कोरोनाका कारण ९ दशमलव ९ ट्रिलियन डल नोक्सान भएको आशंका गरिएको छ जुन जापान र जर्मनीको कुल ग्राहस्त उत्पादन भन्दा बढी हो ।

यो मन्दी १९२९ को महामन्दी भन्दा ठूलो आर्थिक मन्दी हुने अनुमान छ । गर्भनर दासले भारतको अवस्था मार्चदेखि नै खराब भएपनि भारतीय अर्थतन्त्र भने बढीरहेको उल्लेख गरे ।

उनले भने,‘सम्पूर्ण विश्वमा आर्थिक मन्दी छ । भारतीय अर्थतन्त्र भने १ दशमलव ९ प्रतितले बढ्ने कुरा भइरहेको छ ।’

गर्भनर दासका अनुसार भारतको अर्थतन्त्र जी-२० देशहरुमध्य सबैभन्दा राम्रो अवस्थामा छ ।

गर्भनर दासका अनुसार देशमा बैंकिङ क्षेत्रले पूर्ण रुपमा काम गरिरहेका छ र लगभग ९१ प्रतिशत एटिएम चालु अवस्थामा छन् ।
उनले बजारमा नगद प्रवाहमा कुनै नहुने बताएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार गर्भनर दासले यो आर्थिक प्याकेज घोषणा अन्तिम नभएको र परिस्थितिलाई ध्यानमा राख्दै रिजर्व बैंकले यस्तो घोषणा अझ अगाडी बढाउने जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !