८ पुस २०८२, मंगलबार

आज सुदूरपश्चिम प्रदेश सरकार बिस्तार हुँदै

प्रकाशित मिति :  19 May, 2023 11:15 am


काठमाडौँ । आज सुदूरपश्चिम प्रदेश सरकारले पुर्णता पाउने भएको छ । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका रुपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुग्याएको हो।

मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट ३ जनाको नाम टुंग्याएका हुन ।

संसदीय दलका नेता खगराज भट्टका अनुसार कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुंग्याइएको हो । उनीहरुको आज नै शपथ ग्रहण गर्ने तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस !