सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
प्रकाशित मिति : 19 May, 2023 12:14 pm
काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रम आज पेश हुँदैछ । शुक्रबार (आज)बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।
बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ । संयुक्त बैठक अपरान्ह ४ बजे बोलाइएको छ ।
सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ ।






