नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद्को बैठक सुरु
प्रकाशित मिति : 19 May, 2023 12:47 pm
काठमाडौं । मन्त्रिपरिषदको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आज प्रस्तुत गरिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार बेलुकी ६ बजे संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।








