१३ बैशाख २०८१, बिहिबार

अब ट्विटरमा २ घन्टासम्मको भिडियो अपलोड गर्न सकिने

प्रकाशित मिति :  19 May, 2023 1:38 pm


काठमाण्डौ । अब ट्विटरमा २ घन्टासम्मको लामो भिडियो अपलोड गर्न सकिने भएको छ।

ट्विटरको ब्लु टिकका साथ भेरिफाइड सब्सक्राइबर प्लेटफर्ममा २ घन्टा लामो भिडियो अपलोड गर्न सकिने भएको ट्विटरका मालिक एलन मक्सले बताएका छन् ।

एलन मस्कले ट्विट गरेर यो नयाँ सुविधाबारे जानकारी गराएका हुन्। यद्यपि प्रयोगकर्ताले अधिकतममा ८ जीबीसम्मको भिडियो अपलोड गर्न सक्नेछन्।

यसअघि प्रयोगकर्तालाई यो प्लेटफर्ममा १ घन्टा (अधिकतम दुई जीबी)सम्मको भिडियो अपलोड गर्न सक्ने सुविधा दिइएको थियो।

नर्मल ट्विटर प्रयोगकर्ता (नन–ब्लु टिक सब्सक्राइबर)ले भने यो सुविधा प्रयोग गर्न पाउने छैनन्।



प्रतिक्रिया दिनुहोस !