नदि किनारमा बसेका सुकुम्बासीलाई स्थानन्तरण गर्ने सरकारको घोषणा
प्रकाशित मिति : 19 May, 2023 5:37 pm
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदिकिनारमा बसिरहेका सुकुम्बासीलाई स्थानन्तरण गर्ने घोषणा गरेको छ ।
अगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौका सबै भूमिहिन सुकुम्बासीलाई नदि किनारबाट स्थानान्तरण गरी नदिकिनार खाली गर्ने बताएका छन् ।
पछिल्लो समय काठमाडौँ महानगरपालिका मेयर बालेन साहले सुकुम्बासी स्थानतरण गर्ने प्रकृया सुरु गर्दा विवाद बढेर हिंसात्मक आन्दोलन भएको थियो ।








