संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै
प्रकाशित मिति : 21 May, 2023 9:42 am
काठमाडौँ । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट शुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेट जाँदा शुरु हुनेछ ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिले जेठ ५ गते संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुले संशोधन गर्ने र छलफलमा भाग लिने कार्यसूचि रहेको छ ।
साथै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्नेछन् । त्यस्तै राष्ट्रिय सभाको बैठकमा पनि सरकारले जेठ ५ गते प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।








