२ पुस २०८२, बुधबार

सरकार आफ्नो प्रारम्भिक प्रथम कर्तव्यमै असफल भएको छ: ओली

प्रकाशित मिति :  21 May, 2023 12:46 pm


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभित्र राजश्व संकलन गर्न कठिनाई भएको कुरा दातृ समुदायसमक्ष सुनाएकोमा आपत्ति जनाएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले देशको आन्तरिक विषयलाई दातृ नियकाय समक्षसँग सुनाएकोमा आपत्ति जनाएका हुन् ।

सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा प्रधानमन्त्रीलाई प्रश्न गर्दै ओलीले भने, ‘सरकार प्रमुखले दातृ समुदायसँगको ब्रिफिङमा राजश्व संकल गर्न कठिनाई भएको उल्लेख गर्न मिल्छ ? राजश्व संकलन गर्न पनि सरकारले अन्तराष्टिय समुदायलाई गुहार्न मिल्छ? राजश्व उठाउने अनिवार्य प्राथमिक कर्तव्य सरकारको होइन र ?’

साथै ओलीले सरकार आफ्नो प्रारम्भिक प्रथम कर्तव्यमै असफल भएकोले त्यही असफल दस्तावेजको रूपमा यो नीति तथा कार्यक्रम आएको बताए ।

गत जेठ १ गते प्रधानमन्त्री प्रचण्डले कूटनीतिक समुदायसँग छलफल गर्ने क्रममा देशको आर्थिक अवस्थाबारे ब्रिफिङ गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !