सरकारले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्नुपर्छ :ओली
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्नुपर्ने बताएका छन्।
उनले सरकारले भ्रष्टाचार, अनियमितता छानबिनमा इच्छा शक्ति नदेखाएको बताउँदै कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्न राजनीतिक दललाई आग्रह गरेका हुन्।
ओलीले सरकार भ्रष्टाचार नियन्त्रणमा कस्सिएझैं गरे पनि भ्रष्टाचार नियन्त्रणमा प्रतिवद्ध नभएको बताए। ओलीले भने, “मलाई पत्यार लाग्दैन सरकारले सबै भ्रष्टाचार नियन्त्रण गर्छ। सरकार भ्रष्टाचार नियन्त्रणमा कस्सिए झै गर्छ। सरकार भ्रष्टाचार नियन्त्रणको प्रतिवद्धताबाट उम्किन खोजेको जस्तो देखिन्छ। “
ओलीले सरकार भ्रष्टाचार नियन्त्रणको प्रतिवद्धताबाट उम्किन खोजेको रअख्तियार दुरुपयोग गरेका इतिहासको कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खाेल्न सरकारलाई आग्रह गरेका हुन् ।
“सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता भनेको छ तर, बालुवाटारको ललिता निवास जग्गा, मातातीर्थको जग्गा, सर्दु जलाधार क्षेत्रको सट्टा भर्ना, धोबी खोला जग्गा काण्ड, तथाकथित ओम्नी खरिद् काण्ड, वाइडबबडी काण्ड, क्यान्टोनमेन्ट प्रकरण लगायतका विषय, जो विवादित छन्, त्यसमा अनुसन्धान र मुद्दा दायर गर्ने काम यथाशीघ्र गरिने छ भनेर भन्न यो सरकारलाई कसले रोक्यो ?,” उनले प्रश्न गर्दै भने।








