विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न रास्वपाकाे माग
प्रकाशित मिति : 21 May, 2023 3:18 pm
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद शोभिता गौतमले विद्युतीय सवारी साधनको प्रयोगका लागि प्रोत्साहन गर्न राजर्माग ठाउँ–ठाउँमा चार्जिङ स्टेशन निर्माण गर्नेगरी नीति ल्याउन सरकारसँग माग राखेकी छिन् ।
आइतबार संसदमा जारी आर्थिक वर्ष २०८०| ०८१ को बजेटको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै सांसद गौतमले सवारी साधन पार्किङस्थल, होटल, रेष्टुरेन्ट तथा राजमार्गका ठाउँ–ठाउँमा चार्जिङ स्टेशन राख्नेगरी नीति बनाउन सरकारसँग आग्रह गरेकी हुन् ।
सरकारले पछिल्लाे समय चार्जिङ स्टेशन निर्माणलाई तीव्र रूपमा अघि बढाएकाे छ ।








