२४ मंसिर २०८२, बुधबार

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, आजै सपथ ग्रहण

प्रकाशित मिति :  22 May, 2023 12:09 pm


lumbini pardesh

काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डिल्ली चौधरीले मन्त्रिपरिषद् विस्तार गर्दै आज तीन जना मन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री चौधरीले कांग्रेस, जसपा, जनमतबाट एक,एक जना गरी तीन जना थपेर सात सदस्सीय मन्त्रिपरिषद् बनाएका हुन् ।

कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जनमतबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री, जसपाबाट भण्डारीलाल अहिर कृषिमन्त्री बनेका छन् भने दुई जनालाई विना विभागीय मन्त्री नियुक्त गरिएको छ ।

त्यस्तै नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेले आन्तिरिक मामिला तथा कानुन मन्लायको जिम्मेवारी तोकिएको हो ।

नवनयिुक्त मन्त्रीहरुको शपथग्रहण बेलुका ४ बजे बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा हुने मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

यसअघि माओवादीका धनबहादुर मास्कीले आर्थिक मामिला मन्त्रालयले जिम्मा पाएका थिए । लुम्बिनीमा बाँकी मन्त्री बजेटपछि नियुक्त हुने सरकारका माओवादीका एक नेताले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !