नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूलाई पनि अनुसन्धानको दायरमा ल्याउन माग
प्रकाशित मिति : 22 May, 2023 1:32 pm
काठमाडौँ । प्रतिनिधि सभा सदस्य प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूलाई पनि अनुसन्धानको दायरमा ल्याउनुपर्ने माग गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद सुवालले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूको पनि बयान लिनुपर्ने बताएका हुन् ।
उनले भने,“ प्रधानमन्त्रिय प्रणालीमा मन्त्रिहरूको काम, कारबाहीको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने हुन्छ । नेपालीलाई नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपीहरु पूर्व उपप्रधानमन्त्रीहरू प्रहरी अनुसन्धानमा छन् । पूर्व प्रधानमन्त्रीहरुलाई पनि बयानमा बोलाइ अनुसन्धानलाई पूर्ण बनाउनु जरुरी छैन र ?”








