२ पुस २०८२, बुधबार

ओलिप्रति लक्षित गर्दै नेपालले भने : घोचपेच भन्दा पनि सरकार कसरी फुत्कियो समिक्षा गरौं

प्रकाशित मिति :  22 May, 2023 1:42 pm


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनिसकेको सरकार आफ्नो हातबाट कसरी फुत्कियो समीक्षा गर्न आग्रह गरेका छन्।

सोमवार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका विषयमा टिप्पणी गर्दै नेपालले ओलीप्रति लक्षित गर्दै एकले अर्कोलाई घोचपेच गरेर मात्रै समस्या समाधान नहुने बताए ।

सबै एकजुट भए देश बनाउन सक्ने उल्लेख गर्दै एकले अर्कालाई घोचपेच नगर्न सुझाए। उनले भने , ‘आफ्नो पीडा र व्यथा पोखेर मात्रै हुँदैन। सरकारमा बस्न सकिएन बेग्लै कुरा हो। किन बस्न सकिएन त्यसको पछाडि अरूलाई दोष दिएर हुँदैन। बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो रु त्यसको लागि अरूलाई सत्तोसराप गरेर हुँदैन।’

नेपालले आफूभित्र के कस्ता कमजोरी छन् समिक्षा गरेर सबैले त्यसलाई सुधार गर्नुपर्ने बताए ।

नेपालले आफूमा देखिएको व्यक्तिवादी रोगदेखि आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति र अरूलाई अवमूल्यन गर्ने प्रवृत्ति भए सुध्रिनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !