सम्पती शुद्धीकरण निवारण ऐन चालु अधिवेशनभित्रै टुङ्गो लगाउनुपर्नेमा संसदहरूको जोड
काठमाडाैँ । संघीय संसद्को चालु अधिवेशन भित्रै सम्पती शुद्धीकरण निवारण ऐन टुङ्गोमा पु¥याउनुपर्नेमा संसदहरूले जोड दिएका छन् ।
सोमबारको प्रतिनिधि सभा अन्तर्गतको कानून,न्याय तथा मानव अधिकार समितिको बैठकमा सम्पती शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेकाे विधेयकमाथि भएको छलफलमा बोल्दै सांसदहरूले यस्तो जोड दिएका हुन् ।
अधिकांश सांसदहरूले बैठकमा सम्पती शुद्धीकरण निवारण ऐन संसदको चालु अधिवेशनमा टुङ्गो लगाउन आवश्यक रहेको बताए । उनीहरूले ऐन बनाउने मात्रै नभएर अन्तर्राष्ट्रिय रुपमा हेर्दा राष्ट्रको विषय भएकाले पनि तत्काल टुङ्गोमा पु¥याउन आवश्यक रहेको बताए ।
बैठकमा बोल्दै नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अतिरिक्त समय दिएर भएपनि सम्पती शुद्धीकरण निवारण ऐनलाई चाडो टुग्याउनुपर्ने बताए । उनले संसदको चालु अधिवेशन लामो अधिवेशन भएको भन्दै यो अधिवेशनमा नै टुंग्याउन आवश्यक रहेको बताउँदै मुलुकले सम्पती शुद्धीकरण निवारण ऐन प्राप्त गर्न आवश्यक रहेको बताएका हुन् ।
नेम्वाङले सम्पती शुद्धीकरण निवारण ऐनमा हेरफेर गर्ने कुरा आएपनि सरकारले प्रस्तुत गरेको विधेयकमा सिमित रहेको बताए । उनले सरकारले पेस गरेको विधेयक भन्दा बाहिर गएर समिति र संसदहरूकाे छलफल गर्न नसक्ने बताए ।
बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले देशको लागि मात्रै नभएर अन्तर्राष्ट्रिय विषय समेत भएकाले तत्काल टुङ्गोमा पु¥याउनुपर्ने बताए । उनले सम्पती शुद्धीकरणसम्बन्धी कानून बनाउन नसक्दा मुलुकमा जाटिलता थपिनसक्ने बताउनु बताए ।
समितिको बैठकमा सम्पती शुद्धीकरण निवारण ऐन टुङ्गोमा पु¥याउन उप–समिति बनाएर वा सरोकारवालाहरू र विज्ञसँग बसेर छलफल गर्नुपर्नेमा सांसदहरूले जोड दिएका थिए ।








