कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा
प्रकाशित मिति : 23 May, 2023 11:22 am
काठमाडौँ । सोलुखुम्बुका कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् ।
सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर कीर्तिमान बराबरी गरेपछि ५४ वर्षीय कामीरिताले आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न २८ औं पटक सगरमाथा आरोहण गरेका हुन् ।
उनी आबद्ध कम्पनी सेभेन समिट ट्रेक्स प्रालिका अनुसार मंगलबार बिहान ९ बजेर २३ मिनेटमा कामीरिताले सगरमाथाको सफल आरोहण गरेका हुन् । योसँगै कामीरिताले २८ औं पटक सगरमाथा चढेरे विश्व कीर्तिमान कायम गरेका छन् ।
कामीरीताले यो वर्ष एकै सिजनमा दोस्रो पटक सगरमाथा चढेका हुन्।








