१५ चैत्र २०८०, बिहिबार

अप्ठ्यारोमा रहेकालाई सुरक्षित गाउँ पुर्याउ : नेपाली कांग्रेस

प्रकाशित मिति :  17 April, 2020 2:12 pm


काठमाडौं, ५ वैशाख ।

नेपाली काँग्रेसले लकडाउन लम्बिदै जाँदा अप्ठ्यारोमा परेका सर्वसाधारणलाई पर्याप्त राहत र सुरक्षित ढङ्गले घर पुराउने व्यस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

सयौं किलोमीटर पैदल हिँडेर घर गइरहेका नागरिकलाई राज्यको भरथेग आवश्यक पर्ने काँग्रेसले उल्लेख गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै कोठाभित्र छट्पटिएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि नभएको उल्लेख गर्नुभएको छ ।

‘गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दै गएको छ । तिनको हृदयको प्रश्न हामी सरकार समक्ष राख्न चाहन्छौँ-अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो, सरकार ? आयोगलाई अर्बौं रुपैयाँ छुट्याउन सकिन्छ तर सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको ब्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न किन सकिन्न ?’ विज्ञप्तिमा भनिएको छ ।

प्रवक्ता शर्माले कोरोनाको संक्रमणबाट जोगाउन परीक्षणको दायरा व्यापक बनाउन र भोकमरीबाट जोगाउन पर्याप्त राहतको व्यवस्था गर्न सरकारलाई अपिल गर्दै सचेत समेत गराएका छन् ।

उनले भनेका छन्,‘अघिल्तिरको स्थिति देखिन्छ भने देख्नुप¥यो सरकार । सुनिन्छ भने सुन्नुप¥यो । बुझिन्छ भने बुझ्नुप¥यो । गम्भीर परिस्थितिको गहिरो समीक्षा गर्दै उच्च व्यवहार कुशलता साथ सरकारले कार्य गरोस्, सङ्कटमा साथ रहेको प्रतिपक्षि दल सरकारलाई सचेत गराउँदछ ।’



प्रतिक्रिया दिनुहोस !