८ पुस २०८२, मंगलबार

नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतिको समाधान गर्छः प्रधानमन्त्री

प्रकाशित मिति :  23 May, 2023 3:56 pm


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतिको समाधान गर्ने बताए ।


मंगलबार राष्ट्रिय सभाको बैठकमा सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतिको समाधान गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा हाँसिल गर्ने उद्देश्य लिएको बताएका हुन् ।

उनले साे नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रुपान्तरणका नविन सोच र कार्यक्रमहरू सोचिएको पनि बताए । प्रचण्डले नीति तथा कार्यक्रममा विगतदेखि कार्यान्वयन र सञ्चालन हुँदै आएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको बताएका हुन् । विगतमा राम्रा कार्यक्रमलाई निरन्तरता दिएकै आधामरा परम्परागत भन्ने टिप्पणी गर्नु तर्क संगत नहुने जिकिर गरे । उनले नीति तथा कार्यक्रममा नयाँ योजनाहरु राखेको बताएका छन् ।


प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममा नयाँ र पुराना योजनाहरुको सन्तुलन मिलेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !